नियम ६६घ
निकासी वा पैठारी सङ्केत नम्बर नविकरण गराउनु पर्नेः
(१) निकासीकर्ता वा पैठारीकर्ताले ऐनको दफा ८९ ख. बमोजिम लिएको निकासी वा पैठारी सङ्केत नम्बर प्रत्येक आर्थिक वर्षको लागि सो आर्थिक वर्ष शुरु हुनु अगावै विभाग वा विभागले तोकेको भन्सार कार्यालयमा निवेदन दिई नवीकरण गराउनु पर्नेछ ।
तर कुनै उद्योगले पाँच आर्थिक वर्षको लागि निकासी वा पैठारी सङ्केत नम्बरको नवीकरण गराउन चाहेमा लाग्ने दस्तुर एकमुष्ठ तिरी नवीकरण गराउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा निवेदनसाथ एक हजार रुपैंया दस्तुर र देहाय बमोजिमका कागजात पेश गर्नु पर्नेछ:-
(क) कर चुक्ताको प्रमाणपत्र
(ख) नवीकरण गराउन चाहेको अवधिसम्म म्याद भएको तीन लाख रुपैयाँ बराबरको बैङ्क जमानत ।
(३) उपनियम (१) बमोजिम आर्थिक वर्ष शुरु हुनु अगावै नवीकरण गराउन नसकेमा देहाय बमोजिमको अवधिभित्र उपनियम (२) बमोजिम लाग्ने दस्तुरमा देहाय बमोजिमको थप दस्तुर तिरी सोही आर्थिक वर्षभित्र नवीकरण गराउन सकिनेछ:-
(क) असोज मसान्तभित्र भए पचास प्रतिशत,
(ख) असार मसान्तभित्र भए शतप्रतिशत
(४) उपनियम (३) बमोजिम नवीकरण नगराएमा प्रत्येक आर्थिक वर्षको लागि उपनियम (१) बमोजिमको दस्तुरमा थप दशहजार रुपैयाँ दस्तुर तिरी पाँच वर्षसम्म नवीकरण गराउन सकिनेछ। सो अवधिभित्र पनि नविकरण नगराएको सङ्केत नम्बर रुवतः खारेज हुनेछ।